झापा, असोज १३ । एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलका सदस्य शिवमाया तुम्बाहाङ्फेले अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको जानकारी दिइन् । शनिबार अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो ।

एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । अध्यक्ष पदका प्रत्यासी खतिवडाले उम्मेदवारी दर्ता गराएको र भोलि निर्वाचन हुने बताए । उनले पार्टीको आन्तरिक निर्वाचन भएकाले सकेसम्म समझदारीको प्रयास गरिने पनि जानकारी दिए ।
प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्