झापा, असोज १५ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ।

विराटनगरस्थित होटल मुनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए ।

आइतवार राति १० बजेदेखि सुरू भएको मतदान आज विहान ५ बजे सकिएको थियो । मतदान सकिएकोले दिउँसो मतगणना हुने बताइएको छ ।

निर्धारित समयभन्दा झन्डै ११ घन्टा ढिलो एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सुरू भएको थियो । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले ३५ स्थानबाट मतदान गरेका थिए ।

पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाको उम्मेदवारी कायम छ। प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्