झापा, असोज १५ । मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोड बस्ने ३८ वर्षिय शिवनारायण सिंह रहेका छन् । गत असार २६ गते राति ११ः३० बजेको समयमा दमक नगरपालिका वडा नं.२ बाट २७ वर्षिय तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको अवस्थामा प्रतिवादी साहका आफन्तलाई मुद्धा मिलाई दिन्छु भनी सिंहले रु.१ लाख रुपैयाँ लिएका थिए । पीडित पक्षले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले सोमवार उनलाई दमक बजारबाट नियन्त्रणमा लिई ठगी मुद्धामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्