झापा, असोज १५ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजंग शाहको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षका उम्मेदवारद्वय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गरी प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत मात्र पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा टेकराज पछाइ निर्वाचित भएका छन् । उनले ३४६ मत पाएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार लालबहादुर महतराले १७६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा ध्रुव शाही निर्वाचित भएका छन् । शाहीले ४०४ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत पाएका छन् । उपसचिवमा रविन्द्र शर्मा निर्वाचित भएका छन् । शर्मा २९९ मतसहित उपसचिवमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्