झापा, असोज १५ । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

आधिकारिक रुपमा केहीबेर अघि आएको मतपरिणाममा अध्यक्ष पदका उम्मेदवार घनश्याम खतिवडाको प्यानल अगाडि देखिएको छ ।

निर्वाचन कमिटीका अनुसार २८२ मत गणना हुँदासम्म अध्यक्षका प्रत्यासी खतिवडाले १४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी विनोद ढकालले १३१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै सचिवमा राजकुमार भण्डारीले १६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शैलेस लामाले १११ मत पाएका छन् । उपसचिवमा जलवर्षा राजवंशीले १८२ मत प्राप्त गरेकी छिन् भने देवान राईले १७५ तथा खेम नेपालीले ११८ मत पाएका छन् ।

सचिवका उम्मेदवार शैलेस लामा र उपसचिव नेपाली, ढकाल पक्षका हुन् भने सचिव भण्डारी र उपसचिवद्वय राजवंशी र राई खतिवडा प्यानलका हुन् । २१५ सदस्यीय कमिटीका लागि हिजो राति मतदान भएको थियो । आज बिहान ५ बजे सम्पन्न मतदानको आजै साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । ९९७ जना मतदाता रहेकोमा ९७७ मत खसेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्