झापा ,असोज १६ । चाडपर्व नजिकिएसंगै यात्रुलाई सहयोग गर्ने उद्देश्यले झापाको अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरको अगुवाइमा इलाका प्रहरी कार्यालय अनारमनीले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

अर्जुनधारा नगरपालिका ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच यात्रु सहायता कक्ष उद्घाटन गरिएको थियो । सो समारोहमा बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष रोहित प्रसाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय अनारमनीका प्रमुख नवराज न्यौपाने, बसपार्क व्यवस्थापन समिति अध्यक्ष धनराज योङ्हाङलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्