कन्काई , असोज १६ । कन्काई नगरपालिकास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा बिजयी भएका छन् ।

आज साँझ सम्पन्न मतगणनाअनुसार थापाले आफ्ना प्रतिष्पर्धी नरेन्द्रप्रसाद फुयँललाई १४७ मतान्तरले पराजित गरेका हुन् । थापाले ५२३ मत ल्याउँदा फुयँलले मात्र ३७६ मत पाए ।

यसैगरी महासचिवमा समेत थापाकै प्यानलका दिनानाथ खतिवडा बिजयी भए । खतिवडा ४३५ मत ल्याएर बिजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी दलका तर्फबाट उम्मेद्वारी दिएका कृष्णप्रसाद घिमिरेले ४२२ मत प्राप्त गरेका छन् । बाँकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्वारी दिएका उम्मेद्वारहरु बिजयी भएका छन् । सदस्यहरुको मतगणना भने जारी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्