झापा , असोज १८ । झापाको शिवसताक्षी १० माइधारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बिहान ३.४० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत माइधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएकोमा एक जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक झापा गाउँपालिका ३ सिमलवारी बस्ने २० वर्षिय भवेश श्रेष्ठ रहेका छन् । त्यस्तै स्कुटर पछाडि सवार झापा गाउँपालिका वडा नं २ बस्ने १८ वर्षिय सुशान्त थापा र वडा नं ७ बस्ने १७ वर्षिय निशान शिवाकोटी गम्भीर घाइते भएका छन् । दुवैजनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ती तीनैजना मरिमराउमा पुगेर घर फर्किदै गरेको बताइएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ नं को बोलेरो पिकअप एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए । दुर्घटनापछि बोलेरो , बोलेरो चालक र स्कुटरलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्