हाङचउ, असोज १९ । नेपाल १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा भारतसँग ६१–१७ ले पराजित भएको छ ।

यस जितपछि भारत फाइनल पुगेको छ भने नेपाल कांस्य पदकमै सीमित भयो । पहिलो हाफमा भारत २९–१० ले अगाडि रहेको थियो । पूर्णत भारतको पकड रहेको खेलमा नेपाल चार अल आउट भएको थियो ।

एसियाली खेलकुदमै पहिलो सहभागिता जनाइरहेको नेपाल लिग चरणमा बंगलादेशलाई हराएर कास्य पदकका लागि योग्य भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्