एजेन्सी । भारतको महाराष्ट्रमा एक भवनमा आगलागी हुँदा ७ जनाको जलेर मृत्यु भएको छ।

महाराष्ट्रको गोरेगाउँस्थित आजाद नगरमा रहेको साततले भवनमा आज बिहान करिव ३ बजे भीषण आगलागी हुँदा एक पुरुष , ५ महिलाको जलेर मृत्यु भएको हो।

भवनभित्र फसेका ३० जना बढीको उद्धार गरिएको छ। आगलागीबाट ४४ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्। गम्भीर घाइते ३९ जनाको विभिन्न अस्पताल उपचार भैरहेको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्