झापा, असोज १९ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी तोकिएका मुद्दाहरूको चाप र संख्याका कारण गिरीबन्धु चियाबगानको मुद्दाको स्थिति बुधबार ‘हेर्न नभ्याइने’मा परेको छ ।

यो मुद्दाको अर्को पेशी माघ ३ गतेलाई तोकिएको छ ।पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने ३ सय ४० बिघा गिरीबन्धु चियाबगानको जग्गा सट्टाभर्ना गर्न र बगानको जग्गा बिक्री गर्न सकिने प्रबन्ध राज्य तहबाट तय भएपछि यो प्रकरण बाहिर आएको हो । यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले २०७८ भदौ २ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो रिटमा पछिल्लो पटक असोज १७ (बुधबार) गते पेशी रहेको पनि संवैधानिक इजलासमा तोकिएका मुद्दाको संख्याका कारण यो महत्वपूर्ण मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । २०७८ भदौयता यो मुद्दामा १५ पटक पेशी तोकिएको र अन्तिमपटक असोज १७ को सुनुवाइलाई निर्णायक देखाएर र यो फैसला आफ्ना पक्षमा आउने भन्दै विक्रेताको सञ्जालले मुद्दा संवैधानिक इजलासमा रहेकै बेला जग्गा बिक्रीको करोडौं बैना रकम उठाइसकेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्