एजेन्सी । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ।

हैदरावादमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४१ ओभरमा अलआउट हुँदै २०५ रनमात्र बनाउन सक्यो।
नेदरल्यान्ड्सका लागि बस दी लिदीले सर्वाधिक ६७ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ५२ र लोगन वान बिकले २८ रनमा अविजित रहे।

पाकिस्तानलाई जिताउन हरिसले ३ विकेट लिए भने हसन अलीले दुई विकेट लिए। बाँकी सहिन अफ्रिदी, इफ्तीखार अहमद, मोहम्मद नवाज र सदाव खानले एक–एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद सकिलले समान ६८–६८ रन बनाए। मोहम्मद नावाजले ३९ र सदाव खानले ३२ रन बनाए। पाकिस्तानलाई अलआउट बनाउन बस दीले ४ विकेट लिए भने कोलिनले दुई विकेट लिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्