झापा , असोज १९ ।लगातार सात दिन १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा झापा बाह्रदशीका एक युवक पक्राउ परेका छन् ।

बाह्रदशी गाउँपालिका–२ का अजय शर्मा खत्वे पक्राउ परेका हुन् । किशोरी बलात्कारको आरोपमा बिहीवार दिउँसो शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शर्माले असोज १० देखि १७ सम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ती किशोरीलाई बलात्कार गरेको उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाले शर्मालाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानसहित कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्