कन्काई , असोज २१ । देशकै बन्द निषेधित नगर कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आग्रह गरेका छन् ।

आफ्नो हकहितको लागि चरणबद्ध संघर्षमा उत्रेका कर्मचारीहरुबाट १७ बुँदे मागसहितको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पोखरेलले त्यस्तो आग्रह गरेका हुन् ।

कर्मचारीहरुको मागप्रति आफू सकारात्मक रहेकोे र समाधान गर्ने कुरामा आफ्नो तर्फबाट लागिपर्नुका साथै सम्बन्धित निकायमा पहल गर्ने सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । झापाका १५ वटै स्थानीय तहका कर्मचारीहरुले संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

कनकाईमा पनि कर्मचारीको भेलाले संघर्ष समिति गठन गरेको छ । नगरपालिकाकी प्रशासकीय अधिकृत जमुना कटुवालको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन भएको हो । उक्त समितिले आज नगर प्रमुख पोखरेल , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको संयोजक कटुवालले जानकारी दिइन् । ज्ञापनपत्र बुझाउने क्रममा कृषि शाखा प्रमुख , महिला बालबालिका शाखा प्रमुख , स्वास्थ्य शाखा प्रमुख , लेखा शाखा , योजना शाखासहित नगर तथा सबै वडाका कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्