झापा,असोज २२ । गौरादह नगरपालिका– २ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह– १ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ । पाँचजना साथीसंग खेल्नेक्रममा सत्यम फाउन्टेनमा डुबेको प्रहरीले जनाएको छ । आज बिहान ८.३० बजेको समयमा गौरादह नगरपालिका १ का लोकबहादुर पौडेलले सानैदेखि पालनपोषण गरी धर्मपुत्र बनाई राखेको बिजेन्द्र राईका छोरा सत्यम राई(पौडेल) मृत अवस्थामा फेला परेका थिए। स्थानीयले बिहान ८.४० बजे ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएको थियो ।बालकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्