झापा, असोज २४ । धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् ।

मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए ।
‘चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए,’ प्रवक्ता महर्जनले भने, ‘थप अवस्था बुझ्न पोस्टमार्टम प्रक्रिया अघि सारिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्