एजेन्सी । हमाससंगको संघर्षमा इजरायललाई समर्थन जनाउन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन आज इजरायल जाँदैछन् । ब्लिंकनले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई पनि भेट्ने कार्यक्रम रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनले जनाएको छ ।

हमास–इजरायल द्वन्द्वमा दुवैतर्फ बराबरी मानवीय क्षति भएको छ । मृत्यु हुनेको संख्या इजरायलतर्फ १२ सय र गाजामा पनि १२ सय रहेको अधिकारीहरुले बताएका छन् । हमासले गाजापट्टी लगेका करिब १ सय ५० जनाको अवस्था अझै अज्ञात रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार अझै पनि ५ सय जना अस्पतालमा उपचाररत छन् ।
टाइम्स अफ इजरायलका अनुसार इजरायलका विभिन्न ठाउँमा अन्तिम संस्कार गरिएको छ ।

इजरायली डिफेन्स फोर्सका अनुसार हमासले शनिबार बिहान ५ हजारभन्दा रकेट प्रहार गरेको थियो ।इजरायली डिफेन्स फोर्सले ७० भन्दा बढी हमासको अड्डामा आक्रमण गरेको बताएको छ । इजरायली हवाई आक्रमणमा गाजामा १२ सय जनाको मृत्यु भएको छ । पछिल्लो समय लेबनानी भूभागबाट समेत हिजबुल्लाहले इजरायलतर्फ आक्रमण गरेको इजरायली सुरक्षा अधिकारीले जनाएका छन् । बीबीसीले १७ जना बेलायती नागरिक हराइरहेको वा मृत्यु भएको हुनसक्ने समाचारमा उल्लेख गरेको छ । शनिबारको आक्रमणमा १० जना नेपालीसहित विभिन्न देशका मानिस मारिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्