झापा,असोज२६। नेपाली काँग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले गठबन्धनमा भएको निणर्य कार्यान्वयन गर्ने निणर्य गरेको छ । कोशीमा गठबन्धनको निणर्यविपरीत नेकपा (एमाले) का ३९ र काँग्रेसका ८ जना सांसदहरूले सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि कार्यसम्पादन समितिको बैठक बसेर निणर्य कार्यान्वयन गर्न सबैलाई अनुरोध गरेको हो । बैठकले मुख्यमन्त्रीमा दावी गर्नुहुने कार्की र अन्य ७ जना सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन पनि आग्रह गरेको छ । बैठकले कोशी प्रदेशमा पार्टीलाई एकताबद्ध राख्ने र केन्द्रको निर्देशनअनुसार थप निणर्य लिन प्रदेश पदाधिकारीलाई अधिकार दिने निणर्य पनि गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्