झापा,असोज २७। अवतरणका क्रममा सन्तुलन मिलाउन पाइलटले कमजोरी गर्दा मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका-लबुचेमा शनिबार बिहान दुर्घटना भएको छ ।खुम्बुमा बिरामी ल्याउन उडेको हेलिकप्टर लबुचेमा अवतरण गर्ने क्रममा पाइलटले कमजोरी गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । शनिबार बिहानको मौसम सफा भए पनि हेलिकप्टर पाइलटले कमजोरी गरेको स्थानीय होटेल सञ्चालकहरूले समेत बताएका छन् । दुर्घटना बिहान करिब ८ बजे भएको प्रहरी चौकी लुक्लाका प्रमुख डम्बर श्रेष्ठले जानकारी दिए। उनका अनुसार हेलिकप्टरमा पाइलट पिके सेढाइ थिए सेढाइ सामान्य घाइते भएको र अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको छ । गत असार २६ गते सोलुखुम्बुमै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने दुई महिना नबित्दै फेरी यसै कम्पनीको अर्को दुर्घटना भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्