झापा, असोज २७ । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

उनी पार्टीका प्रदेश सभापतिसमेत हुन् । पदबाट राजीनामा दिँदै उनले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

पार्टी र प्रदेशसभा संसदीय दलको निर्णयविपरीत पार्टीले विद्रोह गरेर उम्मेदवार बनेका सांसद केदार कार्कीलाई मुख्यमन्त्री मान्न तयार भएपछि थापाले नैतिकताका हिसाबले पदबाट राजीनामा दिएका हुन् ।
थापा आफैं मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिन प्रयास गर्दा पनि नपाएका थापाले यसअघि भने संसदीय दलको नेता समेत छोड्न तयार भएका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्