दमक, असोज २७ । सामाजिक कार्यमा सक्रिय संस्था क्लव हिमालयन टाईगर केन्द्रीय समितिको अध्यक्षमा पुनः रेवतचन्द्र भण्डारी चुनिएका छन् ।

क्लवको शनिवार सम्पन्न चौथो साधारणसभाले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा तेजकुमार श्रेष्ठ,उपाध्यक्षमा कुमारबाबु गजुरेल,महिला उपाध्यक्षमा सरिता न्यौपाने, महासचिवमा राजु खड्का,सचिवमा तुलसीराम तिम्सिना, महिला सचिवमा जानुका पौडेल , कोषाध्यक्षमा सरोज बाँस्कोटा र सहकोषाध्यक्षमा हिमाल गुरुङ चुनिएका छन् ।

यसैगरी क्लवको सदस्यहरुमा राजकुमार दाहाल, राजन गजमेर, टेकेन्द्र कार्की,सुष्मा निरौला, सुजन आचार्य, पदमबहादुर राउत,हरि तिवारी, भुवन ढकाल, योगमाया बुढाथोकी र युवराज अधिकारी चुनिएका छन् । कार्यसमितिको पदावधि दुई वर्ष रहेको छ ।

क्लवको चुनावी साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्न पत्रकार बिष्णु सुब्बाको संयोजकत्वमा पत्रकारद्वय अनिलदेव राई र विष्णु पौडेल रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
सो अवसरमा नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक सुब्बाले सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

साधारणसभामा अध्यक्ष भण्डारीले प्रस्तुत गरेको क्लवको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
स्वदेश तथा विदेशसम्म दुई दर्जन शाखा सञ्जाल विस्तार भएको क्लवको साधारणसभामा क्लवमा आवद्ध शाखाका प्रतिनिधि,सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्