भद्रपुर, असोज २७ । झापाको कचनकवल –१ घेरावारी स्थायी घर भएका मिर्गाैला रोगबाट पीडित एक युवाले बचाई दिन सार्वजनिक अपिल गरेका छ्न ।

साविक घेरावारी ,झाकुवा बस्तीका प्रदीपनारायण राजवंशीको दुईवटै मिर्गौलाले काम गर्न छोडेर आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसंग बचाइदिन अनुरोध गरेका हुन् ।

मिर्गौला रोगसित लड्न महँगो खर्च लाग्ने भएपछि ३५ वर्षीय राजवंशीले आफ्नो एकल प्रयासमा उपचार गर्न नसक्ने भएपछि सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् ।

केही महिनायता दुवै मिर्गाैलाले काम नगर्ने अवस्था आएपछि हाल ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा डायलोसिस गरिरहेका राजवंशी आर्थिक अवस्थाकै कारण मिर्गाैला प्रत्यारोपण गर्न नसक्ने परिस्थितिमा रहेको दुखेसो पोख्छन् ।
उनले आर्थिक अभाव भएका कारणले सहयोगका लागि सबै नेपाली मनसित हात फैलाएको बताए । देश विदेशमा रहेका मनकारी महानुभावहरूमा सहयोगको अनुरोध गर्दै राजवंशीले बाँच्ने अवसर निर्माण भए समाज र देशका लागि केही न केही योगदान दिन सक्ने बताए ।

परिवारको दायित्वसमेत बोकिरहेका राजवंशीका ३ छोरीहरू १२, ९ र ७ वर्षका रहेका छन् । उनले सहयोग गर्नको लागि मोवाइल नम्बर ९८२६०९०२४४ र प्रदीपकुमार राजवंशीको एन आई सि एसिया बैकको खाता नम्बर २०३५७५२९४११८६००१ मा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्