झापा , असोज २७ ।हल्दिबारी–३ को “बी” टिम गोलधापमा जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्दिबारी १ गोलधापस्थित जनजागृति माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा हल्दिबारी–३ “बी” टिमले हल्दिबारी–४ को “ए”टिमलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । खेल अवधिभर हल्दिबारी–३ बी र हल्दिबारी–४ ए को खेल निकै आक्रामक थियो । उत्कृष्ट किपिङ्ग र लयमा रहेको हल्दिबारी–३ का जर्सी नं–७ का खेलाडी संजय मेचेले पहिलो गोल गर्दै जाली चुम्न सफल भएका थिए।त्यसपश्चात् केहीबेरमा विपक्षी टिमका जर्सी नं–१९ का खेलाडी आशिष लिम्बूले गोल गर्दै खेललाई बराबरीमा पुर्याउन सफल भए।

पुनः हल्दिबारी ३ का जर्सी नं ११ का खेलाडी डि.आर फागोले गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।उनको गोलसंगै हल्दिबारी ३ विजयी बनेको हो । आजको खेलको प्लेयर अफ द म्याच हल्दिबारी–३ बी का गोलकिपर किरण मेचे भए । उनले नगद पाँच सय पाए ।

प्रतियोगितामा हल्दिवारीका प्रत्येक वडाबाट वटा ए र बी गरेर जम्मा ८ वटा टिमहरूले भाग लिएका छन् । भोलि हुने खेलमा वडा नं–१ ए विरुद्ध वडा नं–५ बी ले दोस्रो सेमिफाइनलका लागि खेल्ने आयोजकले जानकारी दिएको छ ।

शान्तिदिप युवा परिवार हल्दिबारी–१ गोलधापले आयोजना गरेको प्रतियोगिताको सहजीकरण संजय योङ्हाङले गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्