बिर्तामोड,असोज २८ । झापाको मेचीनगरमा प्रहरीले अवैध काठ र ट्रयाक्टरसहित चालकलाई पक्राउ गरेको छ ।

हिजो बिहान ११ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदैं गरेको प्रदेश १ –०१–००१ त ८९४७ नम्बरको ट्रयाक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लोड भएको चिलाउने जातको गोलिया काठ १४० थान (अन्दाजी २१० क्युफिट) बरामद भएको थियो ।

सो काठसहितको ट्रयाक्टर र त्यसका चालक मेचीनगर नगरपालिका वडा नं. ३ बस्ने २८ वर्षिय डिकविर प्रधानलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्