दमक, असोज २८ ।झापाको दमकमा एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखा सञ्चालनमा आएको छ ।

बिर्तामोड शाखा स्थापना भएको नवौं बर्षको अवसर पारेर एक्सपर्टले नेपालको २० औं शाखाको रूपमा आइतवारदेखि दमक शाखा सञ्चालनमा ल्याएको हो । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एक्स्पर्टको दमक शाखाको उद्घाटन गरेकी छन् ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अष्ट्रेलियालगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई परामर्श र भिषाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको छ ।

माई पश्चिमका बिद्यार्थीलाई सहज बनाउने उद्धेश्यले शाखा सञ्चालनमा ल्याइएको संस्थाका नेपाल डाइरेक्टर खेमराज संग्रौलाले बताए । एक्सपर्टको विश्वभरका २० वटा मुलुकमा शाखा रहेको र आइतवार दमकमा उद्घाटन भएको शाखा ६२ औं भएको एक्सपर्ट बिर्तामोड शाखाका प्रमुख कृष्ण खतिवडाले जानकारी दिए । विश्वभर एक्सपर्टले ४ हजार जनालाई रोजगारी दिएको बताउँदै संग्रौलाले नेपालमा ८०० जना कर्मचारीले सेवा प्रदान गर्दै आएको बताए ।

बिद्यार्थीहरुलाई पहिलो दिनदेखि सेटलमेन्टसम्म सहजीकरण गर्ने गरिएको उनले बताए । हुनेलाई हुने नहुनेलाई नहुने भनेर बिद्यार्थीलाई प्रष्ट पारेर काउन्सिल गर्ने गरिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराई, राप्रपा झापा अध्यक्ष केशव ओझा, दमक–५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारीलगायतले शुभकामना मन्तब्य राखेका थिए । एक्स्पर्टका सिइओ खेम संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत अभिचन्द्र प्रसाईले स्वागत गरेका थिए भने सञ्चालक सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्