बिर्तामोड, असोज २९ । झापाका दृष्टिबिहीनहरुलाई दश थान सेतो छडी प्रदान गरिएको छ ।

५९ औं सेतो छडी दिवस एवं दशै बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेत्रहीन संघ झापाका सल्लाहकार सत्यनारायण शर्माले सहयोगस्वरूप प्रदान गरेको दश थान सेतो छडी दृष्टिबिहीनहरुलाई वितरण गरिएको हो।

नेत्रहीन संघ झापाको आयोजनामा संघको बिर्तामोड–३ बिर्ताबजारस्थित सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।
संघका अध्यक्ष यशोदा बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला रहेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार द्रोणाचार्य निरौला,राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश सदस्य दिपक थापा,संघका पूर्व सचिव चन्द्र भट्टराई,सल्लाहकार मदन आचार्य,केशव न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

पूर्व सचिव चन्द्र भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संग्रौला , अपाङ्ग महासंघ कोशी प्रदेश सदस्य दिपक थापा, सल्लाहकार सत्यनारायण शर्मा,मदन आचार्यलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा दृष्टिबिहीन कलाकार मञ्जु तामाङले गीत र कौशिला गुरुङले कविता प्रस्तुत गरेका थिए ।
पूर्व अध्यक्ष द्रोणाचार्य निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संघका उपाध्यक्ष होमनाथ राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्