झापा, असोज २९ । नेपाल राष्ट्र बैंकले बडादशैँलाई लक्षित गरी आजदेखि नयाँ नोट सटही गर्दैछ।

काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट साट्न सकिनेछ।

उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ।
एक जनालाई १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले हरेक वर्ष बडादशैँअघि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्