बिर्तामोड, असोज २९ । टेलरिङको क्षेत्रमा आफ्नै ब्राण्ड बनाउन सफल बिर्तामोडको गोर्खा टेलरिङ नयाँ ठाउँबाट अझ व्यवस्थित रुपमा संचालन हुन थालेको छ ।

विगत १० बर्षदेखि बिर्तामोडको हिकोला रोडको षोडसी भवनमा संचालनमा रहेको गोर्खा टेलरिङ नयाँ ठाउँमा सरेको हो । शनिश्चरे रोडबाट पश्चिम, अतिथि सदन जाने सडकमा गोर्खा टेलरिङ व्यवस्थित रुपमा संचालनमा आएको हो । पुरानो ठाउँमा पार्किङको समस्या भएका कारण ग्राहकहरुको सुविधाका लागि नयाँ ठाउँमा सर्नुपरेको संचालक विरु दर्नालले बताए ।

१० औं बार्षिक उत्सव तथा घटस्थापनाको अवसरमा गोर्खा टेलरिङको नयाँ ठाउँको पसलको उद्घाटन गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले संयुक्त रूपमा गोर्खा टेलरिङको उद्घाटन गरे ।

गोर्खा फाउन्डेशनद्वारा संचालित गोर्खा टेलरिङले सिलाईमा आफ्नै ब्राण्ड बनाइसकेको छ । साथै अल्लो र खाडीको कपडा गोर्खा टेलरिङको मुख्य आकर्षण रहेको छ । गोर्खा टेलरिङले कपडा बिक्री तथा सिलाईसम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्ने गरेको संचालक दर्नालले बताए । टेलरिङ व्यवसायी संघ झापाका अध्यक्षसमेत रहेका दर्नालले सिलाईको गुणस्तरमा कुनै संझौता नगरी समयमा नै सेवाग्राहीको अर्डर अनुसारको सामान दिने गोर्खा टेलरिङको मुख्य बिशेषता रहेको बताए ।

उद्घाटन र दशैं पर्वको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । जुन सुविधा कात्तिक ६ गतेसम्म रहेको जनाइएको छ । गोर्खा टेलरिङले झापाको सुरुङ्गा बजारमा पनि सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्