बिर्तामोड , कात्तिक १ । बिर्तामोड–३ स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै दशै विशेष कार्यक्रम गरेको छ।

झापाका विद्यार्थीमाझ सँधै रचनात्मक र पृथक कार्यक्रम गरी स्थापित आदर्श स्कुलले सोही कार्यक्रममा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटीको क्षेत्रमा झापाकै अग्रज शिक्षक निरज श्रेष्ठलाई सम्मान गरेको थियो । उनलाई होटेल ब्यबस्थापन संकायका लागि झापाको अग्रणी शिक्षक मानिन्छ । श्रेष्ठलाई दोसल्ला ,मेडल र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

उक्त अवसरमा विभिन्न विधामा अग्रता हासिल गरेका कक्षा ११ का विद्यार्थीलाई सम्मान समेत गरिएको थियो। स्कुलका संस्थापक तथा डाइरेक्टर सन्जोग खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलकी एकाडेमिक कोअर्डिनेटर बिजया भण्डारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा निदि क्याम्पसका प्रमुख रन्जित शाह ,युबा होटल ब्यबसायी सौरभ प्रसाईं तथा स्कुलका शिक्षकहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीले नाचगान,नाटकजस्ता प्रस्तुती प्रस्तुत गरेको स्कुलका आउटरिच कोअर्डिनेटर दीपक दासले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्