झापा, कात्तिक १ । कर्तब्य ज्यान मुद्दामा एक जना पक्राउ परेका छन् ।

२९ वर्षिया छविमाया राईलाई प्रेसरकुकर र भड्डुु भाँडाले हिर्काएर हत्या गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ नागवेलीका ३१ वर्षीय सन्तोष भनिने पिटर राईलाई पक्राउ गरिएको हो । हत्या आरोपमा पक्राउ परेका राई श्रीमान हुन् ।

भारतको नयाँ दिल्लीमा ९ महिना काम गरेर १४ दिनअघि उदयपुर फर्किएका उनीहरू त्रियुगा नगरपालिका–५ श्रीपुरमा छविमायाको दिदीको घरमा बस्दै आएका थिए । राति ९ बजे मादक पदार्थ सेवन गरी घर पुगेका राईले आपसी विवादमा प्रेसर कुकरले क्रुरतापूर्वक अनुहार, नाक, मुखमा कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट भुइँमा ढलेकी राईलाई स्थानीयले जिल्ला अस्पताल पुर्याएका थिए ।

उनलाई चिकित्सकले राति १०ः३० बजे मृतक घोषणा गरेका थिए । घटनालगत्तै भारत भाग्ने मनस्थितिले फरार भएका आरोपितलाई त्रियुगा ८ राजबास बैरेनीबाट राति १२ः५० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

प्रहरीको अनुसन्धानबाट उनीहरूबीच विगत तीन वर्षदेखि घरायसी झगडामा स्थानीयले पटक–पटक छलफल गरी मिलाएको खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्