एजेन्सी । इजिप्ट हुँदै युद्धग्रस्त गाजा क्षेत्रमा सहयोग सामग्री पठाइने भएको छ ।

इजिप्टका राष्ट्रपति रफाह बोर्डर खोल्न सहमत भएका छन् भने इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिइने छ । इजरायलले अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको हो । इजिप्ट हुँदै गाजा क्षेत्रमा २० ट्रक सहायता सामग्री पठाइने भएको छ ।

तर, विद्रोही समूह हमाससम्म सहायता सामग्री पुग्न नहुने इजरायलको शर्त छ । यसैबीच, अमेरिकाले हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्