झापा , कात्तिक २ । भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

हिजो बेलुका ७ बजेको समयमा भद्रपुर– ८ स्थित नमुना टोलनजिकै चन्द्रगढी –भद्रपुर सडकखण्डमा चन्द्रगढीबाट भद्रपुरतर्फ जाँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते चालक लिम्बूलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्