बिर्तामोड , कात्तिक २ । लिङ्कन मन्टेश्वरी स्कुलले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड ३ मा रहेको मन्टेश्वरीमा विद्यार्थी ,अभिभावक , शिक्षक ,टोल विकास समिति तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसंग शुभकामना आदानप्रदान गरिएको मन्टेश्वरीका संचालक सरोज पौडेलले जानकारी दिए ।

बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शान्ति टोल विकास समितिका अध्यक्ष दिनेश ओझा , राधाकृष्ण भजन कीर्तन मण्डलीका अध्यक्ष पुजा काफ्ले खरेल ,बुद्धिजीवी रुद्र संग्रौला ,महिला नेतृ पार्वता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दोस्रो त्रैमासिक परीक्षा सम्पन्नसंगै दशै बिदाको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईले चाडपर्वका बिषयमा बालबालिकालाई ब्यबहारिक ज्ञान दिनु पर्ने बताइन् । सोही अवसरमा उनले मन्टेश्वरी अध्ययनरत बालबालिकालाई टीका,जमरा तथा मायाको चिनो प्रदान गरेकी थिइन् । बिर्तामोडमा बालमैत्री विद्यालयको रुपमा परिचित लिङ्कन मन्टेश्वरीले समयानुकूल गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्