भद्रपुर, कात्तिक ३ । नेकपा (माओवादी केन्द्र) भद्रपुरले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपालीहरुको महान चाड दशैं तथा आउँदै गरेको तिहार, गोरुवाँसी, छठ, नेपाल सम्वत ११४४ को अवसरमा पार्टीले आज भद्रपुरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले चाडपर्वको सांस्कृतिक, वैज्ञानिक, धार्मिक महत्वका बारेमा चर्चा गरेका थिए । उनले सबै रुपान्तरणमा लागेर विकास र समृद्धि ल्याउनु पर्नेमा जोड दिए।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले धार्मिक सहिष्णुतासँगै राजनीतिक सहिष्णुता हुन जरुरी रहेकाले सबै पार्टीबीच सद्भाव हुनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस भद्रपुर नगर सभापति राम कँडेल, नेकपा एमालेका दीपक अग्रवाल, एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष पदम सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका झापा क्षेत्र नं. ३ का क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), विभिन्न दलका प्रतिनिधि, पार्टी कार्यकर्ताको आतिथ्य एवम् उपस्थिति रहेको थियो ।

पार्टीका नगर अध्यक्ष शिव राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी जिल्ला सदस्य सीतादेवी न्यौपानेले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव हंशधर राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्