झापा, कात्तिक ३ । १९ औँ एशियाली खेलकुदमा नेपालको तर्फबाट कांस्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापाका राजवंशीहरुले सम्मान गरेका छन् ।

राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कप्तान मेनुकालाई सम्मान गरेको हो । बिर्तामोड– ३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा कार्यक्रम गरी नेपालकै गौरव मेनुका र अखिल नेपाल कबड्डी संघका केन्द्रीय उपाध्यक्ष रतिया राजवंशीलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा समितिका केन्द्रीय सचिव लखनलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका केन्द्रीय सल्लाहकार पर्शुराम राजवंशी , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , जिल्ला कबड्डी संघका अध्यक्ष भूमि पौडेल , राजवंशी समाज विकास समिति मोरङका अध्यक्ष रुपेन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला सदस्य राजकुमार राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव सोहनलाल राजवंशीले गरेका थिए । डेढ दशकदेखि कबड्डी खेलमै समर्पित रहेकी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाले एशियाली खेलकुदको कांस्य पदकसम्मको यात्रामा अनेक आरोह अवरोह भोगेकी छन् । जसबाट उनले ठूलो सफलता हात पार्दै राजवंशी समुदाय र नेपालकै गहना बन्न सफल भएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्