एजेन्सी । खराब सुरुआत लिएको अस्ट्रेलियाले शुक्रबार लयमा फर्कंदै विश्वकप २०२३ मा दोस्रो जित निकालेको छ ।

उसले ‘हाई स्कोरिङ’ खेलमा पाकिस्तानलाई ६२ रनले हरायो र आफूलाई फेरि सेमिफाइनल प्रवेशको प्रत्यासी बनायो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले नौ विकेटमा ३ सय ६७ रन बनाएको थियो । त्यसमा दुवै ओपनरले शतक बनाए । डेबिड वार्नरले १ सय ६३ तथा मिचेल मार्सले १ सय २१ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि कीर्तिमान २ सय ५९ रनको साझेदारी गरे ।

वार्नरले १४ चौका तथा ९ छक्का प्रहार गरे । यस्तै मार्सको ब्याटबाट १० चौका र ९ छक्का निस्केको थियो । पाकिस्तानका लागि साहिन अफ्रिदीले ५४ रनमा ५ विकेट लिए ।

जवाफमा पाकिस्तानले ४५.३ ओभरमा सबै विकेट गुमाएर ३ सय ५ रनमात्र बनायो ।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ७० रन बनाए । यस्तै अर्का ओपनर अब्दुल्लाह सफिकले ६४ रनको योगदान दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्