झापा, कात्तिक ४ । बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।


नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्