हल्दिबारी, कात्तिक ४ । झापाको हल्दिबारीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

हल्दिवारी वडा नं –२ बस्ने अन्दाजी ५१ बर्षिय नवराज रेग्मीको डुबेर मृत्यु भएको हो ।
हिजो बिहान मर्निङ वाकमा निस्किएका रेग्मी स्थानीय सूर्य होलीमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले आवश्यक छानबिन गरि शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्