झापा, कात्तिक ४ । झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा आयोजित प्रथम प्रदेशस्तरीय मिनी गोल्डकप फुटबलको उपाधि न्यूस्टार क्लब बिर्तामोड ७ ले जितेको छ ।

आज भएको फाइनल खेलमा आयोजक न्यू रेलिमाई युवा क्लवलाई टाइब्रेकरमा पराजित गरी न्यूस्टारले नगद १ लाख ११ हजार रुपैयाँ राशिसहितको उपाधि जितेको हो । उपविजेता बनेको आयोजकले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समयमा दुवै तर्फबाट गोलरहित बराबरी भएपछि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा चारका विरुद्ध पाँच गोल गरी न्यूस्टार विजयी भएको हो ।फाइनल खेलमा विजेता टिम न्यूस्टार बिर्तामोडका खेलाडी बिजय राई म्यान अफ दि म्याच घोषित भए । कार्यक्रममा विजेता टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद पुरस्कार र मेडल प्रदान गरेका थिए ।

आज नै एकै समयमा न्यूस्टारले अर्जुनधारा–११ स्थित लक्ष्मीधाप खेलमैदानमा प्रथम लक्ष्मीधाम जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको पनि फाइनल खेलेको थियो । जसमा न्यूस्टार उपविजेता बनेको क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्