एजेन्सी । श्रीलंकाले विश्वकप २०२३ मा शनिबार पहिलो जित आत्मसात् गरेको छ ।

उसले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको हो । लगातार तीन खेल गुमाएयता श्रीलंकाले पहिलो दुई अंक बटुलेको हो ।
जितका लागि २ सय ६३ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच विकेट गुमाएर ४८.२ ओभरमा विजयी रन बनाएको हो ।

श्रीलंकाली जितका नायक सदीरा समरविक्रम रहे । उनले १ सय ७ बलमा नटआउट रहेर ९१ रन बनाए र नटआउट पनि रहे ।
उनलाई बलियो साथ दिँदै चरिथ असलन्काले ४४ र धनञ्जय डि सिल्भाले ३० रन बनाए । यस्तै ओपनर पथाम निसन्काले ५४ रनको योगदान दिए । डच टिमका लागि आर्यन दत्तले ४४ रनमा तीन विकेट लिए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । त्यसमा साइब्रान्ड इगेलब्रेट्चले ७० तथा लोगान भान बिकले ५९ रन बनाए । श्रीलंकाली बलरमध्ये दिल्सन मडुसन्का र कसुन रजिथाले चार–चार विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्