एजेन्सी । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २ सय २९ रनले पराजित गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको तीन सय ९९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा एक सय ७० रन बनाएर अलआउट भयो । त्यसअघि मुम्बईमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो ।

६७ बलमा एक सय नौ रनको शतकीय पारी खेल्ने दक्षिण अफ्रिकाका हेनरिक क्लासेन प्लेयर अफ द म्याच घोषित भए ।
दक्षिण अफ्रिकाको अर्को खेल आउँदो मङ्गलवार बङ्लादेशसँग मुम्बईमा हुनेछ भने इङ्ल्यान्डको अर्को खेल बिहीवार श्रीलङ्कासँग बेङ्लोरमा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्