झापा , कात्तिक ५ । काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ ।

आज बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प गएपछि मानिसहरु सडकमा  निस्किएका छन्।  काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का  महसुस भएको छ ।पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आज बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासमा पनि धक्का महसुस गरिएको हो। त्यसवारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्