एजेन्सी । इजरायलले गाजामा गरेको हवाई हमलामा परी २४ घण्टामा ४ सयबढीको मृत्यु भएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई हमलामा परी गाजामा २४ घण्टामा ४३६ जनाको मृत्यु भएको हो । इजरायलले हवाई हमला गरेको स्वीकार गर्दै हमासको अड्डालाई लक्षित गरी ३२० वटा हवाई प्रहार गरेको जनाएको छ । इजरायली सेनाले हमासले बन्धक बनाएर राखेको ठाउँलाई लक्षित गरी जमिनबाट समेत केही हमला गरेको जनाएको छ । हमासले २२२ जनालाई बन्धक बनाएको अनुमान गरिएको छ ।

इजरायलले गाजामा बमबारी गरेयता ५ हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान गइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै इजरायलतर्फ १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्