झापा,कात्तिक ६ । दोलखाको बिगु गाउँपालिका –२ ओराङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।


बा १४ च ८९३४ नम्बरको जिप दुर्घटनामा पर्दा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।दुर्घटना घाईते भएका छ जनाको स्थानीय सिंगटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्