झापा , कात्तिक ७ । धरानबाट प्रकाशित भइरहेको प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक गमबहादुर लम्जेल (लम्जेल संघर्षशील)को गएराति निधन भएको छ ।

करिव ४० वर्षका लम्जेल मुटुसम्बन्धी रोगले ग्रसित थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राति ९ः३० बजे उनको निधन भएको बताइएको छ ।ईलामको शान्तिडाँडामा जन्मेर उनले धरानलाई कर्मथलो बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्