एजेन्सी । चीनले आफ्नो रक्षामन्त्रीलाई पदबाट हटाएको छ । विगत दुई महिनादेखि रक्षामन्त्री जनरल ली शांग्फू देखिएका थिएनन् ।
चीनले तीन महिनाभित्र दोस्रो शीर्ष नेतालाई बर्खास्त गरेको हो । गत जुलाई महिनामा विदेश मन्त्रीको पदबाट हटाइएका किन गांगलाई आज स्टेट काउन्सिलरको पदबाट समेत हटाइएको छ ।
चीनको सरकारी ब्रोडकास्टर सीसीटीभीले चीनका शीर्ष सांसदहरु र नेशनल पिपल्स कांग्रेसको स्टेरिङ कमिटीले दुवैलाई पदबाट हटाउन स्वीकृति दिएको जनाएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार दुवैलाई हटाउनुको कारण सार्वजनिक गरिएको छैन ।
गत महिनादेखि नै रक्षामन्त्रीबाट बर्खास्त गरिएका लीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको थियो ।