देवेन्द्रकिशोर ढुंगाना,

मेरा निर्दोष बिश्वासलाई,
बलात्कृत गरेर बिजय उत्सवको,
क्रूर पाशोमा मार्यौ ।

तिम्रो धोकामा परेर,
मेरो हराएको देश खोज्न,
धोका र बिश्वासघातको आगोमा,
साम्राज्यवादीलाई बुझ्ने भाषामा
प्रतिघातको बिरुद्ध प्रतिकार गर्न
एउटा नयाँ युद्धको यात्रारम्भमा,
मेरो गाजामाथि धाबा बोलेर,
आफैसंग लडेको युद्धले, पेलेस्तिनी भूमि फिर्ता गर्न,
युद्धको सांघातपूर्ण पलहरू,
युद्धका बिनाशकारी प्रहारहरू हुन् ।

पटक पटक युद्धले घाईते भएको,
प्यारो गाजा,
आफैसित आफ्नै लागि युद्धभूमिमा,
मेरो देश खोजिरहेछु ।
दासत्वको पाईला टेकेर,
मेरो भूमि लुट्नेहरुका बिरुद्ध,
जताततै प्रतिशोधका दुन्दुभी छन्,
पर्ख !मान्छेलाई,
उज्यालो चाहिएको छ,
तिम्रो साम्राज्यवादी क्रूर दासत्व,
अब स्वीकार छैन ।

मेरो देश–
कुन भूमिमाथि निर्माण हुन्छ,
हामीले छिचोल्दै आएका पाईलाहरु,
उहि हो,
पुरातन आवरणको अबचेतनभित्र,
कसरी रोकू –छेकू यो युद्धको
घन्घोर बाछिटालाई
मेरो गाजा नितनिरन्तर,
दुर्घटनामा परेको छ ।

एकै छिन पर्ख !
तिम्रो भावनासंग खेल्ने लुटेराहरू
हतास, मृत्यु लड्दै छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्