झापा, कात्तिक ९ । गरामनी मेलाको साँघुरो ठाउँमा सन्थाल नाच देखाउन गाह्रो भयो ।

जिल्लाभरिबाट भेला भएका एक दर्जनबढी सन्थाल नृत्य टोलीहरुले साँघुरो ठाउँमा अटी नअटी नाच देखाए । मिसिएर नाच देखाउनु पर्दा स्टेजमा बसेका निर्णायकहरुलाई समेत निर्णय गर्न समस्या पर्यो । बडादशैको एकादशीका दिन झापामै सबैभन्दा धेरै सन्थालहरु नृत्यका लागि गरामनी मेलामा भेला हुने गरेका छन् । विगतमा दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सन्थाल नाच देखाउन उपयुक्त थियो । त्यसलाई मासेर टहरा निर्माण गरिएपछि सन्थाल नाचसंगै दशै मेला नै संकटमा परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्