एजेन्सी । अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा ६० जना घाइते भएका छन्।

मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ। बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्।
यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर ननिस्कन समेत आग्रह गरिरहेको छ। यो घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि जानकारी गराइसकिएको र घटनाक्रमबारे निरन्तर अपेडट दिइएको पनि बताइएको छ।

त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्