झापा, कात्तिक ९ । मोरङको जहदा गाउँपालिकामा दुई साँढे जुध्दा एक महिलाको मृत्यु भएको छ।

फाइल तस्वीर

बिहीबार गाउँपालिका ३ स्थित जयरामपुरमा दुई वटा साँढे जुध्दा सो घटना भएको स्थानीय सतिश राजवंशीले जानकारी दिए। सडकमा दुई साँढे जुध्दै गर्दा एउटा साँढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई किच्न पुगेको उनको भनाइ छ। सडक नजिक रहेको घरको आँगनमा बसिरहेको अवस्थामा साँढेले किचेपछि महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घाइते खातुनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्